काठमाडौं २२ असोज, इजरायलमा भएको आक्रमणमा परी मृत्यु वरण गरेका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताउनु भयो ‘दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’
उहाको अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी गरिएको छ ।
मृतकहरुका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउने भएको छ ।
इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजी तीव्रताका साथ हुने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषमा निर्णय गरिएकोछ ।
नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरी परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहने लाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले बताउनु भयो ।
नोट: यस अघि मन्त्रीले दिएको सुनाको आधारमा शोक बिदा भनिएता पनि सञ्चारमन्त्रीको अनुसार रास्ट्रिय शोकको घोषणा मात्र गरेको जानकारी दिएको हुनाले पाठक हरुमा पर्न गएको असुविधामा क्षमायाचना गर्दै यो समाचार सच्यएको छौ ।