काठमाडौं । एनएमबी बैंकले गट्ठाघर शाखाबाट शुरू भई बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय निकाय र सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता थियो।

मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएकाे यस कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई रु ५ लाख र नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ।

यसैगरी, उक्त कार्यक्रम सातवटै प्रदेशका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ। हाल एनएमबी बैंक देशभर २०२ शाखा, १८६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।