काठमाडौं, २९ असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीप्रदेशको विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् ।
धुम्बाराहीस्थित निवासमा ४ बजे देउवाले बैठक राखेका हुन् ।
सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।
कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेको हो।
कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने उपस्थिति नरहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका गुरुङ, ३ कात्तिकमा फर्कने भएका छन् ।