काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका वडा नं ७ स्थित मुसहर समुदायलाई लक्षित गरी आवश्यक सामाग्री वितरण गरेको छ।
विपन्न र पिछडिएका वर्गको सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले समुदायका ५० परिवार र बालबालिकालाई शैक्षिक तथा अत्यावश्यक सामाग्री प्रदान गरेको हो।
हरिपुरस्थित एक कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले औपचारिक रूपमा सामाग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंकका प्रतिनिधिहरू तथा नगरपालिकाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैंकले यस किसिमको कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै सामाजिक क्षेत्रमा आफ्नो उत्तरदायित्व पूरा गर्दै आएको जनाएको छ। बिशेषगरी पिछडिएका समुदायका बालबालिकाहरूलाई शिक्षामा पहुँच दिलाउने उद्देश्यले यसपटक मुसहर समुदायलाई लक्षित गरिएको जानकारी दिइएको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले ३१ वर्षदेखि नेपालमा बैकिङ सेवा दिँदै आएको छ। हाल बैंकले देशभर १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।