बारा–बाराका जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले अदालत पुगेकी छिन् ।
मन्त्रीपरिषदबाट उपसचिव काफ्लेलाई मन्त्रालयमा तानेर सहसचिव विरेन्द्रराज भारतीलाई जीतपुरसिमरा पठाउने निर्णय गरेपछि अदालतको अपहेलना मुद्दा लिएर काफ्ले अदालत पुगेकी हुन् । ४० जना सहसचिवको सरुवा गरेको सरकारले भारतीलाई जीतपुरसिमरा सरुवा गरेको हो ।
जीतपुरसिमरा आएको तीन महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन पहिला साता काफ्लेको सरुवा गरेर चेतकुमार पोखरेललाई पठाउने निर्णय विरुद्ध सर्वोच्चमा दायर रिट विचाराधिन छ । यसअघि सरुवा विरुद्ध दायर गरेको मुद्दामा दिदै निर्णय कार्यान्वयन नगर्न भनिएकोमा सरकारले पुनः मन्त्रीपरिषद्मार्फत सरुवाको निर्णय गरेको हो ।
अदालतमा सरुवा सम्बन्धि मुद्दा विचाराधिन भएकै अवस्थामा पुनः सरुवाको निर्णय भएको भन्दै काफ्लेले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विरुद्ध अन्तरिम असोज ४ मा आदेश जारी गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।