काठमाडौं २२जेष्ठ , किरातीहरुको महान पर्व उभौली (धिरीनाम) अवसरमा यही जेष्ठको २५ गते खोटाङ्गको हलेशी तुवाचुङ्गमा “तुवाचुङ्ग डे” भब्यताका साथ मनाउने भएको छ। उक्त कार्यक्रमको आयोजना तुवाचुङ्ग जायजुम संरक्षण समितिले गर्ने भएको हो।
कार्यक्रममा सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री मा. सुदन किराती प्रमुख अतिथिको रूपमा हलेशी तुवाचुङ्ग जानु हुने समितिको सचिब भिमकेशर राईले जानकारी दिनुभयो । किरातीहरुको मौलिक भेष भुषा,भाषा र सस्कार सस्कृती विकास प्रवर्द्धन गर्दै आउदो पुस्तामा समेत आफ्नो सम्भ्याताको ज्ञान र चेतनाको विकास गर्ने साथै किरातीहरुको सृष्टि र सभ्यतालाई बिश्व सामु प्रचर प्रसार गरि पर्यटन क्षेत्रमा समेत विकास गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको समितिको महासचिव दिनेश राईले बताउनुभयो ।
किरातीहरुले हरेक साल उधौली र उभौली गरि दुई पटक यो पर्व हर्ष र उल्लासका साथ मनाउने गर्द्छन। खेतीपाती/अन्नबाली लगाउने र भित्र्याउने बेला वा पशुपक्षि माछाले मौसम अनुसार बसाई परिवर्तन गरि गर्मीमा लेख र जाडाेमा तराईमा बसाई सर्ने समयलाई नै प्रकृति र पितृपुजा एकै साथ् गरि आन्न बाली लगाउने र भित्र्याउने गर्दछ तेसै अवसरमा किरातीहरु अफनो आफ्न्त नातागोता र चेली माइती भेला भइ नाच्दै यो पर्व मनाउने गर्दछ।