काठमाडौं १९, काठमाडौंको बाग्मती किनारमा बसोबास गर्दै आइरहेको सुकुम्बासीहरुले आज पनि सान्तिपुर्न दबाब र्याली गरेको छ । यो दोस्रो पटकको र्याली हो पहिलो पटक १४ गत्ते भृकुटीमण्डप देखि रत्नपार्क हुँदै थापाथली सम्म सान्तिपुर्न र्याली गरेको थियोे । र्याली माइतिघर बाट सुरु भइ बिजुली बजार हुँदै नयाबानेस्वोर एभरेष्ट होटेल अगाडी सम्म पुगेको थियो । उक्त र्याली दिनको १२ बजे सुरु हुने भनियता पनि दिउसोको करिब १ बजे पछि मात्र सुरु भएको थिओ ।
र्यालीको आयोजना सयुक्त रास्ट्रिय सुकुमवासी मोर्चा नेपाल र नेपाल महिला एकता समाज ले सयुक्त रुपमा गरेको थियोे । र र्याली गर्नुको उदेश्य भने तीन वटा बुदामा आधारित थियो । विना विकल्प उठिबास बन्द गर, बार्ता र सम्बाद्को ढोका खुल्ला गर, र भुमि अभिअयन्ताहरु माथी लगेको जाहेरी फिर्ता गर । गएको १२ गत्ते थापाथलीमा माहानगरको डाेजर सुकुम्बासी बस्तिमा प्रबेस गरेपछि नगर प्रहरी र सुकुम्बासीहरु बिच झडप भएको थियो ।
झडमा परि नगर प्रहरी एस पि राजु पाण्डे लगायत दर्जनौंको संख्यामा घाइते भएको थियो । यसै घटनाको कारण चार जना सुकुम्बासी आन्दोलनकारिलाई पक्राउ समेत गरेको थियो । आजको कार्यक्रममा बैकल्पिक ब्यबस्था बिना गरिएको उठिबास यो सुकुम्बासीहरुलाई सहइय हुदैन, यो देशको स्वतन्त्रता माथिको हनन हो, नागरिखरुको नागरिक अधिकार माथिको हनन हो ।नेपालको संविधानमाथिको हनन हो , यति मात्र होइन बिस्वब्यपी मानव आधिकारको घोषणा पत्र सन १९४८ धार १३ एक को समेत हनन हो भन्दै सयुक्त रास्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अध्यक्ष कुमार कार्कीले बताउदै सान्तिपुर्न रूपमा वार्तामा बस्दिन सरकारलाई आग्रह समेत गर्नु भयो ।
यो सुकुम्बासीहरुको मुद्दा काठमाडौंको सुकुम्बासीको मात्र नभएर देश भरिको ७० लाख सुकुम्बासीहरुको मुद्दा हो, र सरकारले सान्तिपुर्न ढंगबाट वार्ताको ढाेका खोलेर समस्यको समाधान गरोस, सम्पुर्ण सुकुम्बासीले वार्ता बाट निकास खोजेको कुरो समेत बताउनु भयो । यदि ७० लाख सुकुम्बासीहरुलाई निर्मम व्यबहार गरेर झुठो जाहेरी दिएर तर्साउने चेस्टा गरे त्यो त नाङ्लो ठटाएर हाती तर्साउनु मात्र हो र यस्तो कु चेस्टा नगर्न सरकारलाई आग्रह गर्नु भयो ।
.