काठमाडौं,२३ मङ्सिर नेपाली कथानक चल्चित्र “सोउल ओफ द कमान्डाे” देशव्यापी रुपमा सबै चल्चित्र घरहरुमा मङ्सिर २३ गत्ते शुक्रबारबाट प्रदर्शनमा आएको छ। यस चलचित्रको स्टोरी मिलन राईले लेख्नु भएको छ। भने स्कृप्ट सनम जे वि आर रानाको रहेकोछ, र निर्मातामा मिलन राई धन ब. लिम्बू र रवि थापा हुनु हुन्छ, निर्देशनमा युव राज राई हुनु हुन्छ ।
कोरियोग्राफर साइमोन राज बङ्शी हुनु हुन्छ, एन वि महर्जन र कुमार महर्जनको एक्सन रहेको छ,म्युजिक सन्तोष दुमि, सिनेमाटाेग्राफर दिर्घ गुरुङ, लिरिक्स राज कुमार राई / चतुर्भक्त राईले लेख्नु भएको छ। म्युजिक कम्पोजर आनन्द राई, गायक राजेशपायल राई, बबिना किराती र ससिका राई हुनु हुन्छ भने प्रोडुक्सन मेनेजर बिमला धमलाले गर्नु भएको छ । उक्त चल्चित्रको कलाकारहरू राज कुमार राई, कमला खापुङ्ग लिम्बु, मिलन राई, रवि थापा,एन्जल राई, शेशुका राई, शिशिर बाङ्देल, नरेन खड्का, रुपेश झा, पुश्पा श्रेष्ठ, सिमा राई संगीता लावती लगायतको दर्जनौ नेपाली कलाकारहरुको मुख्ये भुमिका देखिन्छ ।
एक्सन ओरेन्टेट यस चल्चित्रले नेपाली वीर गोर्खालीको सान झल्काउने र यसै पनि नेपालीहरु ईमानदार हुन्छन् असल हुन्छन् यस्को प्रतिक्को रुपमा यो चल्चित्र बनेको, यसै चल्चित्रको मुख्य नायक राज कुमार राईले बताउनु भयो नायक नवल खड्काले पनि उक्त चल्चित्र हेरेर हल बाहिर निस्के पछि भन्नू भयो ” नेपाली वीर गोर्खालीको इजत ,
सान विस्वमा पुरेउने काम नेपालिहरुले गरेको छ तेस्लाई राज कुमार राईले पर्दामा उतारेर सफलता हात पार्नु भएको छ र राज कुमार राई यसै पनि हिरो हो, हाम्रो देशको इजत हो, सान हो, हामिले गर्व गर्नु पर्द्छ, राज कुमार राई जस्तो नागरिक पाएकोमा, उहालाइ ग्रान्डमास्टर भनेर हामीले चिनेको छौ, उहाले तेक्वान्दोमा सेवेन डान हासिल गरि देश बिदेशमा धेरै खेलमा सहभागी भइ स्वर्ण पदक विजेता समेत हुनु हुन्छ ।” यसरी नायक नवल खड्काले समेत नायक राईको तारिफ गर्नु भयो ।