काठमाडौं , पोखरा विमानस्थल निर्माण विवादमा अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्न सबै माथि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ। पोखरा विमानस्थल निर्माणमा नीतिगत आवरणमा श्रृङखलाबद्ध भ्रष्टाचार भएको किटान प्रतिवेदनमा गरेको छ।
संसद्को सार्वजनिक लेखा समितिले राप्रपा सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा अध्ययन उपसमिति गठन गरेको थियो। उपसमितिले विमानास्थल निर्माणमा संलग्न सबैमाथि छाविनका लागि अख्तियारलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरेको छ । लिङ्देन नेतृत्वको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।

उपसमितिले विमानस्थल निर्माणमा नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गर्न भनेको छ। विमानास्थल निर्माणका लागि भएको मुख्य सम्झौतामा विमानस्थल भित्र उच्चस्तरीय उड्डयन इन्धन भण्डारणका लागि २ लाख २० हजार अमेरिकी डलरमा निर्माण गर्ने उल्लेख भए पनि त्यो काम भएको नदेखिएको प्रतिवेलनमा औंल्याएको छ।

