मुगु – मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई रारामा पर्टकलाई आध्यात्मिक ज्ञान र बस्नका लागि धर्मशाला निर्माण भएको छ । राराको छाब्रु महादेव मन्दिर परिसरमा धर्मशाला तयार गरिएको हो ।
जिल्लाका आध्यात्मिक वात्तीको लगानीमा दुई लाख पचास हजार रुपियाँको लगानीमा धर्मशाला, निर्माण गरिएको आध्यात्मिक विर्षबहादुर रोकायाले जानकारी दिए । उनले भने, रारामा आउने धेरैजसो आन्तिक र विदेशी पर्यटकले धर्मशालामा बास बस्नलाई खोज्दै आउने भएकाले रारामा धर्मशाला नभएको हुँदा पर्यटकका सहजका लागि हामी स्थानिय व्यक्तीहरूको सहयोगी हातले धर्मशाला निर्माण गरिएको हो ।

कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय स्थल रारा ताल धार्मिक स्थल भएकोले रारा आउने पर्यटकले आध्यात्तमिक ज्ञान लिन र पर्यटकलाई बस्नकालागि सहज होस् भन्ने उदेश्यले राराको प्रसिद्ध शक्तिपीठ छाब्रु महादेव मन्दिर प्रसिरमा धर्मशाला निर्माण गरिएको रोकायाले भने । रारा छाब्रु महादेवको परिसरमा निर्माण भएको धर्मशाला आइतबारदेखि सञ्चालनमा आएको छ ।

रारा आउने पर्यटकले बसोवासका लागि होटल र गाउँ खोज्नु पर्ने बाध्यता हटेको आध्यात्मिक ज्ञानप्रशासद भट्टले बताए । उनले भने, आफूले विगतका वर्षहरूदेखि रारामा पर्यटकको सहजका लागि धर्मशाला निर्माणका लागि कर्णाली प्रदेशको सरकार र जिल्लाका स्थानीय निकायहरूसँग बेलाबखत समन्वय गरेपनि सरकारले हामी आध्यात्मिक वात्तीको कुरा सुनुवाइ नभएपछि हामी आठजनाले चन्दा उठाएर धर्मशाला निर्माण गरेका हौं ।

