काठमाडौं । गत महिना २५-२८ नेकपा एमाले निकट विद्यार्थी युनियन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ ।
उमेरहदका कारण अन्य बेला भन्दा यो बेला धेरै नेताहरु उमेरका कारण र प्रतिस्पर्धामै पनि पराजित भएर बिदा भएका छन् । उमेर हद लागेकै कारण प्रतिस्पर्धा पनि रोचक बन्यो ।
यसैबीच मधेश प्रदेश भूगोलकी कायरा पोखरेल ‘रेणू’ पनि चुनावी मैदानमा उत्रिएकि थिइन् । सहमति नजुटे पछि मधेश प्रदेश भूगोलबाट महिला सचिवालय सदस्यको उम्मेदवार बनेकी उनले मधेशबाटै जम्मा १० भोट ल्याइन्, जुन मत सबैभन्दा कम हो । प्रदेशका दुई भोटिङ मेसिन मध्ये पोखरेललाई एकमा ७ र अर्कोमा ३ मत आएको थियो । मधेशबाट जम्मा ८३ मत खसेको थियो ।
आफ्नै भूगोलबाट सबैभन्दा कम भोट पाएकी उनले अन्तत सचिवालय सदस्यमा निर्वाचित भइन् । उनले मधेशबाटै असहयोग हुँदाहुँदै सचिवालय सदस्य निर्वाचित भइन् ।
उनलाई प्रदेशहरुमा सबैभन्दा बढि मत कोशी र बागमती साथै आयोजकबाट पनि राम्रो मत आएको छ । अन्य प्रदेशबाट पनि मत आएको छ । भूगोलको मत नआउँदा पनि सचिवालय सदस्यमा निर्वाचित हुनु एक सफलता हो ।
कायरा पोखरेल ‘रेणू’ भौगोलिक राजनीति गर्दै २३ औं राष्ट्रिय महाधिवेशनमा मधेशबाट सर्वसम्मत केन्द्रिय सदस्य बनिकि थिइन् । उनलाई भुगोलका पार्टी नेतृत्वले यसपटक पनि केन्द्रिय सदस्य दोहोरीन भनेका थिए । तर, उनले त्यसलाई प्रतिकार गर्दै सचिवालय सदस्यमा मनोनयन दर्ता मात्र गराइनन् चुनाव पनि जितेर देखाइदिएकी छन् ।
क्याम्पस कमिटी देखि केन्द्रिय कमिटी सम्मको यात्रा तय भइसकेपछिको अवस्थामा दोहोरिने वा व्याक हट्ने भन्ने कुरा आफैं पछि पर्ने उनी बताउँछिन् ।
‘निर्वाचन हार्नु राजनैतिक जीवन व्यतीत गरेको स्वर्णीम युग अघि बढ्नु नै हो । तर, एकै पदमा रहिरहनु वा निर्वाचनबाट डराएर नलड्नुले चाहिँ राजनीतिक जिवन पक्कै पछाडी ढकेल्छ’ उनको भनाइ छ ।