काठमाडौं । असोज १२ गतेको बाढीले क्षतिग्रस्त काठमाडौं त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरसफाइ गरेको छ ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाको नेतृत्वमा काठमाडौं जिल्ला कमिटिले सरसफाई गरेको हो ।
बाढीले महानगरको वडा नं ११ त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा क्षति पुर्याएको थियो । बाढीले पुरिएका संरचनाहरुका कारण बस्तीका बासिन्दा समस्यामा परेपछि अनेरास्ववियुले डोजर लगाएर सफा गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिनुभयो ।
बस्तीको फोहोर उठाएर महानगरको टेकुस्थित संकलन केन्द्रमा पुर्याइएको अनेरास्ववियु केन्द्रिय सदस्य धर्मराज तिमल्सिनाले बताउनुभयो ।
बस्तीका बासिन्दाले फोहोरका कारण रोग फैलिन सक्ने भन्दै चाँडै सरसफाइ माग गर्दा पनि तत्काल सफाइ गर्न नसकिने भन्दा महानगर तर्कन खोजेपछि अनेरास्ववियु सरसफाईमा जुटेको रोकायले बताउनुभयो ।
फोटो फिचर