काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालको संयोजकको जिम्मेवारी पार्टीले रोशन थापालाई दिएको छ ।
संघको ९ औं महाधिवेशन सम्पन्न गर्ने कार्यदलको संयोजक थापालाई पार्टीले दिएको हो ।
संघको ९ औं राष्ट्रिय महाधिवेशन भदौको अन्तिम साता काठमाडौंमा गर्नुपर्ने निर्णय गरिएको छ ।
महाधिवेशनका लागि पार्टीले थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरेको छ ।

