
Author: khojnepalonline
काठमाडौं , १ कार्तिक , राष्ट्रिय जनमुक्ति पार्टीले पत्रकार सम्मेलन गरि चुनाबी घोषण पत्र सर्वबजानिक गरको छ । काठमाण्डौको महाराजगञ्ज स्थित पार्टीको केन्द्रीय कार्यलयमा कार्यक्रमाको आयोजना गरिएको थियो | उक्त घोषण पत्रलाई उपमाहसचिब चेत बहादुर आल मगरले बाचन गरेर सुनाउनु भएको थियो | घोषण पत्रमा उल्लेखित बुदाहरु भ्रस्टाचार उन्मुलन, शिक्षा, स्वास्थ्य, उद्योग, जलस्रोत, कृषि, पर्यटन स्मार्ट गाँउ सहर र स्वोदेशी उत्पादनमा बिसेस जोड दिने कुरा हारु उल्लेख गरिएको छ । यसै क्रममा उपाध्येक्ष बिधु प्रकाश कायस्थले देशको समृद्धि र विकासको लगी राष्ट्रिय जनमुक्ति पार्टी बाट मात्र सम्भब हुन कुरो ब्याक्त गर्नु भयो । शान्तिको प्रतीक गौतम बुद्ध जन्मेको देश नेपाल…
३० असोज २०७९, ललितपुर: संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। उनका अनुसार जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। जोशीले आफ्नो मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा गरेका थिए। मृत्यु भएपछि खरानी हुनुभन्दा विद्यार्थीलाई अनुसन्धानका लागि सघाउन आफ्नो शरिर दान गर्ने घोषणा गरेको पारिवारिक श्रोतले बताएका थिए| लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो। परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा…
यस हप्ता मनोनयनमा परेका पाँच प्रतियोगीहरू एमसी स्टान, गोरी नागोरी, शालिन भनोट, टीना दत्त र श्रीजिता डे हुन्। मुम्बई: बिग बोस १६ को पहिलो एलिमिनेशन राउण्ड नजिकिँदै छ। यस हप्ता मनोनयनमा परेका पाँच प्रतियोगीहरू एमसी स्टान, गोरी नागोरी, शालिन भनोट, टीना दत्त र श्रीजिता डे हुन्। र अब, सबैको नजर आगामी सप्ताहांत का वार एपिसोडमा छ जहाँ सलमान खान शोबाट बाहिर निस्कने पहिलो प्रतियोगीको नाम घोषणा गर्दैछन्। जब प्रशंसकहरू एपिसोड प्रसारणको लागि पर्खिरहेका छन्, आउनुहोस्, सम्भावित प्रतियोगीहरूलाई हेरौं जो यस हप्ता बेदखल हुने सम्भावना छ। MC Stan बचाउन दर्शकहरू? सामाजिक सञ्जालको बज र प्रवृतिलाई हेर्दा, एमसी स्टेनले सबैभन्दा बढी मत…
यस्तो देखिन्छ कि बिग बोस 16 का प्रतियोगी शालिन भानोटलाई प्रेम बगले टोकेको छ। मुम्बई: यस्तो देखिन्छ कि ‘बिग बोस 16’ का प्रतियोगी शालिन भानोटलाई प्रेम बगले टोकेको छ किनकि उनी आगामी एपिसोडमा सह-हाउसमेट टीना दत्तप्रति आफ्नो भावनाहरू स्वीकार गर्न तयार छन्। दिनको सुरुमा, शालिनले घरेलु कप्तान गौतम भिगलाई टिनाप्रतिको आफ्नो भावनालाई स्वीकार गर्छन्। पछि, गौतमले खाने टेबलमा टीनाको अगाडि शालिनलाई जिस्काउँछन्, एकै समयमा उनी लाजमर्दो र ईर्ष्यालु बनाउँछन्। यी सबैको बीचमा, ‘बिग बोस’ ले बुधबार सबै घरका साथीहरूलाई प्रियंका चौधरी र निमिरित कौर अहलुवालियाको नेतृत्वमा दुई टोली बनाउन आग्रह गर्दैछ। दुबैले व्यक्तिगत रूपमा निर्देशकको रूपमा काम गर्नेछन् र अब्दु…
हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरु मेची हाइवेमा अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइँरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउँलाई दाउँमा राखेर सडकको बीचौंबीच भागमा उँभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस न ! ” भन्दै यात्रृहरुको ध्यानाकर्षण गराइराहेका थिए । ती बालिकाहरुको बिरमाईलो दृश्य देखेर मेरो भित्री दिल त यस्सै रोयो । तर ताराले उनीहरुलाई देख्ने बितिक्कै, अचम्भित हुदै… “आम्मै ! कति खतरा ! यस्तो बाटोको बीचमा उभिदा गाडीले कुच्यायो भने, यी नानीहरुको हालत के हुन्छ ? अलिक राम्रो स्थान हेरेर बस्नु पर्ने,” हतासमा उनले प्रश्न गरिन । उनको प्रश्नले म झन नाजबाफ बनेको थिएँ…
काठमाडौँ – बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । भर्खरै काठमाडौंमा अवतरण गरेको कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाडौँ आइपुगेका थिए । उनलाई बिमानबाट नै पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ । लामिछानेले आफू १० बजे नेपाल आइपुग्ने बताए पनि मौसम खराबीका कारण जहाज अवतरण हुन् सकेको थिएन् ।कतार एअरवेजको ब्जहाज भरखर मात्र अवतरण गरेको हो । मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान आधा घण्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।नेपाल प्रहरीको भ्यानसहित प्रहरी अधिकारीहरु सन्दीपलाई पक्राउ गर्न विमानस्थलमा तयारि अबस्थामा बसेका थिए । हातमा हत्कडी लागे पनि…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् । कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए । सधै फूलमाला र खादाले स्वागत हुने विमानस्थलमा हातमा हत्कडी लागेपछी सन्दिपका आखा रसाएका थिए ।सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका छन् । लामिछानेले आज नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी…
प्रदेश जान मन छैन, दाजै। म हुर्किएको त्यो आँगन, लुटपुटिएको आमाको त्यो काख, गाउँबेसि गरेको त्यो उकाली ओराली अनि भञ्ज्याङ् चौतारी,चटक्कै छाडेर मलाई प्रदेश जान मन छैन,दाजै… सबेरै उठेर पानी लिन जाने त्यो पधेँरो, घाँस, दाउरा काट्न जाने त्यो शिर्षे वनको सेरोफेरो,चटक्कै छाडेर मलाई प्रदेश जान मन छैन, दाजै। प्रियसी शीत बिताएको ती क्षण, हितैसी दौँतरीसँग रमाएको त्यो पल, अनि परिवारसँग बाँडेका ती खुसी चटक्कै बिर्सेर मलाई प्रदेश जान मन छैन, दाजै। बरु खोले-सिस्नो खाम्ला.. मानो रोपि मुरी यहीँ फलाम्ला. परदेशमा पनि त रुखमा पैसो फल्दैन, दाजै..? पसिना बगाउनै छ भने आफ्नै मातृभुमीमा बगाम्ला, तर मलाई प्रदेश जान मन छैन,…
काठमाडौँ, १४ असोज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को निर्माणाधीन भवनको अवलोकन गर्नुभएको छ । उहाँले सिंहदरबार परिसरभित्र निर्माणाधीन सङ्घीय संसद्का दुई सदन राष्ट्रियसभा तथा प्रतिनिधिसभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गर्नुभएको हो । निर्माणाधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्नका लागि तीन सिफ्टमा काम गराउन निर्देशन दिनुभयो । उहाँले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभयो । “अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन”, उहाँले भन्नुभयो, “केही काम रातिमा गर्न सकिने हुन्छ…
काठमाडौँ, १४ असोज महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ । महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ । सङ्ग्रहालय…
