
Author: khojnepalonline
काठमाडौँ । विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाईलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याईएको छ । जससँगै संगठित पाईलटहरु पाईलटको ब्यावसायिकता अभिबृद्धि तथा जनचेतना अभिबृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिबृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् । यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाईलट समिट, स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननिय मन्त्री बद्री प्रसाद पाण्डे ज्युको प्रमुख आथित्यता रहनेछ । जसका लागि टाईटल स्पोनसरको रुपमा स्काईवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताए । प्रधानमन्त्री ओलीले भने,“देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका छौँ । तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।” उनले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा…
काठमाडौं , नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। चैत ५ गतेदेखि रिक्त एआईजीमा एक महिना ढिला गरी सिफारिस गरिएको हो। एआईजी बढुवा हुनेमा चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा छन्। त्यसपछि क्रमशः लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी सिफारिस भएका छन्।उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको हो।
काठमाडौं । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ ।उनलाई यौन दुराचारको आरोपाट उच्च अदालत जनकपुरले सफाई दिएको हो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले उनलाई सफाई दिएको हो । उनीमाथि सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेको थियो ।न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको हो । यसअघि उनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
काठमाडौँ । ब्ल्याक प्लस डेकरले नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ। ११५ वर्ष लामो इतिहास बोकेको ब्राण्ड ब्ल्याक डेकर संयुक्त राज्य अमेरिकाको नम्बर वान ब्राण्ड मानिन्छ । उक्त योजनाअन्तर्गत, ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन् । साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याकंडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो । ब्ल्याकंडेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो…
हरेक वर्ष नेपालबाट हजारौं युवा विदेशिन्छन्। कोही पढ्न जान्छन्, कोही काम खोज्न। तर यो पलायनले नेपालको भविष्यलाई कस्तो असर गर्दैछ? के यो हाम्रो अर्थतन्त्र र समाजको लागि ठूलो चुनौती हो, वा यसलाई अवसरमा परिणत गर्न सकिन्छ? यो प्रश्नको उत्तर खोज्न यहाँ केही तथ्यहरू र सम्भावनाहरू छलफल गरौं। किन जान्छन् युवा? नेपालमा रोजगारीको अभाव, शिक्षा पछि पदोन्नतिको अवसर नहुने, र राजनीतिक अस्थिरताले युवालाई देश छोड्न बाध्य बनाएको छ। काठमाडौंका २२ वर्षीय रमेशले भन्छन्, “मैले BBA गरेको २ वर्ष भयो, तर महिनौंसम्म नोकरी खोज्दा पनि १५ हजारमा पनि ठेगान मिलेन। अब मलेशिया जाने निर्णय गरेँ।” यस्तै, गाउँका युवाहरू पनि कृषि र पशुपालनले…
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्त हुने पक्का भएपछि भट्टले शुक्रबार राजीनामा दिएका हुन् ।भट्टलाई गर्भनर बनाउन कांग्रेस सभापति देउवा सुरुदेखि नै जोड गरिरहेका थिए । बुधबार प्रधानमन्त्री ओलीले भट्टलाई बोलाएर छलफल गरेका थिए । भट्टसँगको छलफलपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा उनको नाममा सहमत भएका थिए ।अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य ५ जनालाई पछि पार्दै गर्भनर बन्न लागेका हुन् । शुक्रबारनै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने र मन्त्रीपरिषद्को बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने योजना रहेको बुझिएको…
नेपालले सधैं “समृद्ध र सबल राष्ट्र” को सपना देखेको छ। तर यस सपनालाई ढुंगामा उभ्याउन के पहिलो आवश्यक छ—मानिसको चेतनाको विकास वा भौतिक पूर्वाधारको निर्माण? यो प्रश्नले हाम्रो सामाजिक-आर्थिक विकासको दिशा नै निर्धारण गर्न सक्छ। भौतिक विकास: आधुनिकताको प्रतीकसडक, पुल, विद्युत, अस्पताल, स्कूल—यी भौतिक संरचनाहरू आधुनिक समाजको आधार हुन्। यिनले जीवन सुविधाजनक बनाउँछन्, रोजगारी सिर्जना गर्छन्, र देशलाई बाह्य संसारसँग जोड्छन्। तर के यी सबै नभएसम्म नेपाल समृद्ध हुन सक्दैन? उत्तर हो—सक्दोछ, तर यदि भौतिक विकासमात्रै प्राथमिकता भयो भने, यसले दीर्घकालीन समाधान दिने छैन। भौतिक विकासका सीमितता:धेरै पटक हामीले देखेका छौं—नयाँ सडक बने पनि त्यसमा कचरा फ्याँकिन्छ, सरकारी अस्पतालको सामग्री…
काठमाडौं , नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका बुँदामध्ये एकसय बुँदामा छलफल सकिसकेकाले सरकारले अब बाँकी बुँदामा पनि दफावार छलफल गरि निर्णयमा पुग्नुपर्ने बताएका छन्।शिक्षा पत्रकार समूहले गरेको ‘आन्दोलन कहिले सम्म?’ विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारले संसदको बैठक वैशाख १२ गते बोलाएका कारण यसअघि ऐन जारी हुन नसक्ने तर लगातार छलफल भयो भने वबैशाख १३ मै ऐन जारी गर्न सकिने ठोकुवा पनि गरे। २०२८ सालमा बनेको ऐनले शिक्षा क्षेत्र अगाडि बढाउन नसक्ने भन्दै उनले अब आन्दोलन नरोकिने साथै शिक्षा ऐन जारी भएपछि मात्र शिक्षकहरू आफ्नो कर्मस्थल फर्कने दाबी गरे।नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले शिक्षा ऐन, शिक्षक र…
काठमाडौं , पोखरा विमानस्थल निर्माण विवादमा अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्न सबै माथि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ। पोखरा विमानस्थल निर्माणमा नीतिगत आवरणमा श्रृङखलाबद्ध भ्रष्टाचार भएको किटान प्रतिवेदनमा गरेको छ।संसद्को सार्वजनिक लेखा समितिले राप्रपा सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा अध्ययन उपसमिति गठन गरेको थियो। उपसमितिले विमानास्थल निर्माणमा संलग्न सबैमाथि छाविनका लागि अख्तियारलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरेको छ । लिङ्देन नेतृत्वको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। उपसमितिले विमानस्थल निर्माणमा नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गर्न भनेको छ। विमानास्थल निर्माणका लागि भएको मुख्य सम्झौतामा विमानस्थल भित्र उच्चस्तरीय उड्डयन इन्धन भण्डारणका लागि २ लाख २० हजार अमेरिकी डलरमा…
