
Author: khojnepalonline
काठमाडौं । हाल देशभर डेंगु संक्रमितको संख्यामा बृध्दि भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लाका मानिसमा १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार,दुई सय,एक्काइस जनामा डेंगु संक्रमित भेटिएको छ भने तनहुँमा १७२६ जनामा डेंगु संक्रमण भएको पाइएको छ । काठमाडौंमा एक हजार ९८६ जना डेंगु संक्रमित फेला परेका छन् । त्यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्कले देखाएको छ । ईडीसीडी अनुसार, चितवनमा ८२९, ललितपुरमा ४४८, बागलुङमा ३३९, गोरखामा ५५२ , स्याङ्जामा २६४, कैलालीमा…
बारा–जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएका सह–सचिव वीरेन्द्र देव भारतीलाई अदालतको निर्णयको अवहेलना हुने गरी हाजिर नगर्न सचेत गराएका छन् । मेयर पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत भारतीलाई कामकाज गराउन असमर्थ रहेको स्पष्ट पारेका छन् । यसअघि, नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २७ भदौको निर्णय अनुसार सहसचिव भारतीलाई जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २० बैशाखमा उर्मिला काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो र उनको सरुवाको विषयमा सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर भएको थियो । ९ साउनमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम…
काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उहाँको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ ।शुक्रबार नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो ।कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा.छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा…
बारा–बाराका जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले अदालत पुगेकी छिन् । मन्त्रीपरिषदबाट उपसचिव काफ्लेलाई मन्त्रालयमा तानेर सहसचिव विरेन्द्रराज भारतीलाई जीतपुरसिमरा पठाउने निर्णय गरेपछि अदालतको अपहेलना मुद्दा लिएर काफ्ले अदालत पुगेकी हुन् । ४० जना सहसचिवको सरुवा गरेको सरकारले भारतीलाई जीतपुरसिमरा सरुवा गरेको हो । जीतपुरसिमरा आएको तीन महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन पहिला साता काफ्लेको सरुवा गरेर चेतकुमार पोखरेललाई पठाउने निर्णय विरुद्ध सर्वोच्चमा दायर रिट विचाराधिन छ । यसअघि सरुवा विरुद्ध दायर गरेको मुद्दामा दिदै निर्णय कार्यान्वयन नगर्न भनिएकोमा सरकारले पुनः मन्त्रीपरिषद्मार्फत सरुवाको निर्णय गरेको हो । अदालतमा सरुवा सम्बन्धि मुद्दा विचाराधिन भएकै अवस्थामा पुनः सरुवाको…
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको उल्लेख गरेका छन्। दशकौं लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानको संरक्षण गर्नु सबैको कर्तव्य भएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने जनाएका छन् । उनले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उल्लेख गरेका छन् ।…
काठमाडौ । हिन्दुधर्माबलम्बीहरूको महान् चाड बडादशैँको अवसरमा आजदेखि सर्वोच्च अदालत १५ दिनका लागि बिदा हुने भएको छ । अदालत बिदा भएपनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने जनाइएको छ। बन्दी प्रत्यक्षीकरण रिट निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्मको समयअदालत खुला रहने अदालत प्रशासनले जानकारी गराएको छ । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ…
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’…
काठमाडौं । असोज १२ गतेको बाढीले क्षतिग्रस्त काठमाडौं त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरसफाइ गरेको छ । अनेरास्ववियुका महासचिव नरेश रोकायाको नेतृत्वमा काठमाडौं जिल्ला कमिटिले सरसफाई गरेको हो । बाढीले महानगरको वडा नं ११ त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा क्षति पुर्याएको थियो । बाढीले पुरिएका संरचनाहरुका कारण बस्तीका बासिन्दा समस्यामा परेपछि अनेरास्ववियुले डोजर लगाएर सफा गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिनुभयो । बस्तीको फोहोर उठाएर महानगरको टेकुस्थित संकलन केन्द्रमा पुर्याइएको अनेरास्ववियु केन्द्रिय सदस्य धर्मराज तिमल्सिनाले बताउनुभयो । बस्तीका बासिन्दाले फोहोरका कारण रोग फैलिन सक्ने भन्दै चाँडै सरसफाइ माग गर्दा पनि तत्काल सफाइ गर्न नसकिने भन्दा महानगर तर्कन…
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले हालैको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो । बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका हुन्। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैंया मङ्गलबार…
काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले नयाँ पद सिर्जनासहित संगठनात्मक संरचना स्वीकृत गरेको छ। सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले उप कार्यकारी निर्देशक पद सिर्जना गरेको हो। सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले निर्देशक पदमा २ वटा दरबन्दी थपेको छ। साथै उप निर्देशक पदमा पनि ३ वटा दरबन्दी थप्ने निर्णय गरेको छ। यीमध्ये कानून र प्रशासनमा दरबन्दी थपेको हो भने तथ्यांक शाखातर्फ उप निर्देशकको पद नयाँ सिर्जना गरिएको हो । प्राधिकरण सञ्चालक समिति अध्यक्ष सूर्य प्रसाद सिलवालको अध्यक्षतामा भएको बोर्ड बैठकबाट नयाँ संगठनात्मक संरचना थपिएसँगै अब प्राधिकरणमा अध्यक्षभन्दा मुनि क्रमशः कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक, निर्देशक र उप निर्देशक…
