
Author: khojnepalonline
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालको संयोजकको जिम्मेवारी पार्टीले रोशन थापालाई दिएको छ । संघको ९ औं महाधिवेशन सम्पन्न गर्ने कार्यदलको संयोजक थापालाई पार्टीले दिएको हो । संघको ९ औं राष्ट्रिय महाधिवेशन भदौको अन्तिम साता काठमाडौंमा गर्नुपर्ने निर्णय गरिएको छ । महाधिवेशनका लागि पार्टीले थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरेको छ ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ र ४ को बीचमा पर्ने लामा खोलाको बरपानी क्षेत्रको चुरे वनमा स्थानीय सरकारकै नेतृत्वमा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खन्न भएको पाइएको छ । ढुंगा, गिट्टी र बालुवा उत्खन्न, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ९शंसोधन २०७९० विपरीत नगरपालिकाकाले मेयरकै स्वकीय निरज घिसिङ तामाङको नाममा रहेको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालि चौदण्डी नगरपालिका–७ लाई ठेक्का दिएर उत्खन्न गरिएको रहस्य खुलेको हो । ठेक्का दिइएको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिका सञ्चालक घिसिङ तामाङ चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका स्वकीय हुन् । उनि भर्खरमात्र नियुक्त भएका हुन् । मेयर लामा र साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिका सञ्चालक घिसिङ तामाङ…
धनकुटा । शुक्रवबार काठमाण्डौंमा भएको अराजक मानवता विरोधी र जघन्य अपराधिक गतिविधि भएको भन्दै घट्नामा संलग्नलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनकुटाले विरोध सभाको आयोजना गरेको छ । एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्या र संचारगृह माथि शुक्रबार काठमाण्डौंमा भएको आक्रमणको निन्दा गर्दै महासंघले सनिवार धनकुटामा विरोधसभा गरेको हो । विरोधसभामा बोल्ने बक्ताहरुले एभिन्यूज टेलिभिजनका क्यामारापर्सन सुरेश रजकलाई कोठा भित्र बन्धक बनाएर हत्या गरेको भन्दै घट्नामा संलग्नलाई तत्काल कानुन् बमोजिम कार्वाही गर्नु पर्ने माग सरकारसंग राखेका छन् । उनीहरुले संचारगृह, पत्रकार, सर्वसाधरण नागरिक, सार्वजानिक सम्पति, सरकारी सम्पतिको तोडफोड आगजानी गरेकाले दोषीलाई हदैसम्मको कार्वाही गर्नु पर्नेमा…
काठमाडौं। एनसेलले ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले पहिलो सप इन सप भैरहवामा आजबाट संचालनमा ल्याएको हो । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले सप इन सप सञ्चालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए । कम्पनीका अनुसार सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरू, सेवा, सुविधा लिने, ईसिममा…
मुगु – मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई रारामा पर्टकलाई आध्यात्मिक ज्ञान र बस्नका लागि धर्मशाला निर्माण भएको छ । राराको छाब्रु महादेव मन्दिर परिसरमा धर्मशाला तयार गरिएको हो । जिल्लाका आध्यात्मिक वात्तीको लगानीमा दुई लाख पचास हजार रुपियाँको लगानीमा धर्मशाला, निर्माण गरिएको आध्यात्मिक विर्षबहादुर रोकायाले जानकारी दिए । उनले भने, रारामा आउने धेरैजसो आन्तिक र विदेशी पर्यटकले धर्मशालामा बास बस्नलाई खोज्दै आउने भएकाले रारामा धर्मशाला नभएको हुँदा पर्यटकका सहजका लागि हामी स्थानिय व्यक्तीहरूको सहयोगी हातले धर्मशाला निर्माण गरिएको हो । कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय स्थल रारा ताल धार्मिक स्थल भएकोले रारा आउने पर्यटकले आध्यात्तमिक ज्ञान लिन र पर्यटकलाई बस्नकालागि सहज…
काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न बजारबाट नेपाल राष्ट्र बैंकले आज बुधबार ३५ अर्ब बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग…
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा एमालेको शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरु बैठकमा सहभागी थिए । बैठकमा बजेटलाई जनमुखी बनाउने विषयमा छलफल भयो’, उनले भने, ‘बजेटले उत्पादन र जनताका समस्या समाधान केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिएका थिए ।’ उनले यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरुले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गरेको बताए। कार्यालय सचिव डा…
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि जोड दिए । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् । आकस्मिक समयमा जनता समाजवादी…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले , ‘टाउकोमा टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ भन्ने जानकारी दिए।’ प्रचण्ड अहिले घरमै आराम गरिरहेका छन् । प्रचण्डको सचिवालयका एक सदस्यले भने स्वास्थ्य सामान्य भएकाले नियमित काममा फर्किसकेको बताए ।
ललितपुर– बाग्मती गाउँपालिका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरको च्यासल मैदानमा बुधबार महालक्ष्मी नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित हुँदै बागमती गाउँपालिका प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । बाग्मती प्रतियोगिताबाट बाहिरिएपनि पहिलो जितका साथ महालक्ष्मी नगरपालिकाले सेमिफाइनलमा पुग्ने संभावना जीवित राखेको छ । महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गरे भने रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक–एक गोल गरे । बगमतीका लागि दिलिप घलानले गोल फर्काए । खेलको ३६औं मिनेटमा रामकृष्णको गोलमार्फत महालक्ष्मीले अग्रता लिएको थियो । ४६औं मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाए । सनमले ६७औं मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता…
