Author: khojnepalonline
काठमाडौं, ९ भदौ केन्यासँगको टी–ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । केन्याविरुद्धको खेलमा ५ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ शेखले अविजित २१, ज्ञानेन्द्र मल्लले १९, आसिफ शेखले १९, रोहित पौडेलले १५ रन र आदिल आलम २ रन बनाउँदै नेपाललाई जित दिलाए । आदिल अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो । केन्याका लागि इर्फान करिमले ३४, लुकास ओउचले…
काठमाडौं, ९ भदौ काठमाडौं । पछिल्लो २४ घण्टा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । बलिउड फिल्न नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले शाहको तुलना गरिरहेका छन् । गत बैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए । कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरबासीको मन जितेका थिए । तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो । केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको…
काठमाडौं, ९ भदौ काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए । महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ ।
काठमाडौं, ९ भदौ निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो । आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ । ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा/प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने…
भक्तपुर, ९ भदौ विदेशी विद्यार्थीले नेपालका पुराना घरहरुबारे गरेको केस स्टडी बिहीबार भक्तपुरमा एक कार्यक्रमवीच प्रस्तुत गरेका छन् । भुटान र लिथोनिया दुई देशका विद्यार्थीले प्रिजर्भिग एडीओवो आर्किटेक्चर अफ नेपाल विषयमा रहेर भक्तपुर र पनौतीमा गरेको दुईहप्ते केस स्टडीको फाइनिंग नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा प्रस्तुत गरे । त्यस क्रममा उनीहरुले जनचेतना, नगरपालिकाको नीति र निर्माण सामाग्रीको उपलव्धतामा ध्यान दिन सकिए मात्रै नेपालका पुराना मौलिक घर पुरानै रुपमा विकास गर्न सकिने औंल्याए । केस स्टडीको रिपोर्ट तीन वटा विद्यार्थीको समूहले प्रस्तुत गरेका थिए । प्रत्येक समूहमा पाँचपाँच जना गरी कुल १५ जना विद्यार्थी त्यसमा सहभागी भएका थिए । यो स्टडी विद्यार्थीहरु…
काठमाडौं, ९ भदौ काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।
काठमाडौं, ९ भदौ नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् । १० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो बैठकले तयार गरेको छ । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहेको प्रमुख गुरुङको भनाइ छ । यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दुरगामी प्रभाव बारे छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको विषयमा…
लमजुङ, ९ भदौ मध्यनेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिनि्छन् । उनी उद्योगमा आफै चर्खा चलाउँने, धागो उत्पादन गर्ने गर्छिन् । साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउछिन् । उद्योगमा उनीसँगै अन्य नाै जना स्थानीय महिला पनि सीप सिक्दैछन् । उनीहरूलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदैछिन् । सिप सिकेर उनीहरू पनि व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीकाे भनाइ छ । ‘पहिले त हातमा सीप चाहियो । अहिले सिप सिक्दै छौँ,’ उनले भनिन्, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने…
काठमाडौं, ९ भदौ काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए । अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो । डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् । ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् । अब उप्रान्त यस्तो गर्नु नपर्नेगरी सबैले आफैँ बुझेर अवैधरूपमा बनाइएका…
धनगढी, ९ भदौ गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्तसव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महात्तसव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो । काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्सकृति, भेषभुष, रहनसहनको प्रचार–प्रसार, पर्यटन प्रबद्र्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गारौ पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ले बताए । कार्यक्रममा प्रादेशिक डेउडा प्रतियोगिता, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवं प्रबद्र्धन, ९ वटै जिल्लाका कलाकारहरुका लोक नृत्य तथा…