
Author: khojnepalonline
काठमाडौं, । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भने । उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्। उनले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन्। इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए। उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको उल्लेख गरे। मेयर शाहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभइ मनोरञ्जन, उत्साह र उम्रग, खुशीसँग जोडिएको बताए। मेयर शाहले काठमाडौं उपत्यकाका तीन…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि किशोरी बलात्कार आरोप लागेपछि प्रहरीले अनुसन्धानमा तिव्रता दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार विज्ञप्ति जारी गर्दै प्रहरी वृत्त गौशालामा सन्दीमाथि जबरजस्ती करणीको जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर करणी भएको उल्लेख गरिएको छ । सोही राति ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगर ९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा लगि १२ बजेर २५ मिनेटमा पटक पटक करणी गरेको जाहेरीमा उल्लेख गरेसँगै प्रहरीले ति स्थानहरुबाट प्रमाण संकलन गरेको हो । काठमाडौं सिनामंगलमा रहेको होटलको सीसीटीभी…
बलिउडमा जस्तै नेपालमा पनि बलियो वर्ड अफ माउथले फिल्मको व्यापार उकालो लाग्न थालेको छ । भदौ १७ गतेबाट रिलिज भएको फिल्म ‘झिँगे दाउ’को बलियो वर्ड अफ माउथका कारण व्यापार सुखद देखिएको छ । शुक्रबार औषत व्यापार गरेको फिल्मको शनिबारदेखि व्यापार बढेको थियो । मंगलबारसम्म पनि फिल्मको व्यापार सुखद छ । फिल्मको व्यापार उच्च देखिन थालेपछि यसका मुख्य कलाकारहरु नायिका आँचल शर्मा, केकी अधिकारी, कलाकार मुकुन भुषाल, कुशल बिष्ट हरेक दिन हल पुगिरहेका छन् । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मले आमा र सन्तानको मायाको कथा भन्छ । साथमा, घरमा बुहारी भित्रिएपछि सुरु हुने किचलोको कथा पनि यो फिल्ममा छ । दर्शकलाई…
देउखुरी, २२ भदौ दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन । लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गर्नुभएको छ । “समयमा मल पाइएन, मल पाउँदा पानी भएन, जसोतसो मोटरको पानीले खेती गरियो”, उहाँले भन्नुभयो, “गत वर्षजस्तो उत्पादन हुँदैन, आम्दानीको स्रोत भनेको खेतीपाती मात्रै छ ।” त्यो राम्रो नभएपछि खर्च टार्न समस्या हुने उहाँ…
भदौको २४ गते अर्थात शुक्रबारबाट रिलिज हुन लागेको १ घन्टा २८ मिनेट लामो फिल्म ‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । सोमबार नै गरिएको प्रिमियरमा बालापनको कथा भन्ने यो फिल्मलाई फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट प्रतिक्रिया दिए । फिल्म हेर्न पुगेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, प्रकाश सपुत, केकी अधिकारी, दिव्य देव लगायतले बालापन याद गराएको र कथावस्तु भन्ने शैली उत्कृष्ट भएको बताए । सुजित भण्डारीको निर्देशनमा तयार भएको यो फिल्मले एउटा आमाले छोराछोरीलाई पढाउनका लागि सुन बेचेको कथा भन्छ । साथै, फिल्मले छाउपडी र बालबिबाहको कथा समेत भन्छ । फिल्मले वि.सं २०४७ सालदेखि वि.सं २०५२ साल भित्रको कथा…
नायिका आँचल शर्माको दौडधुप खुबै छ । फिल्म ‘झिँगे दाउ’की अर्की नायिका केकी अधिकारी काठमाडौंमा आयोजना भएको फिल्म ‘ऐना झ्यालको पुतली’को प्रिमियरमा सहभागी हुँदै गर्दा आँचल भने चितवनका दर्शकमाझ घेरिएकी थिइन् । सोमबार चितवन पुगेकी आँचल आज बुटवल पुग्दैछिन् । यो फिल्मको प्रदर्शनको दिनदेखि नै आँचलको दौडधुप खुबै छ । आँचलका लागि यो फिल्म चलेको खण्डमा फाइदा छ । अझ, उनकै कारणले पनि फिल्म चल्नमा मद्दत पुगेको भन्ने भएमा करिअर नयाँ गतिले दौडिनेछ भन्ने उनलाई थाहा छ । यसैका लागि आँचल दौडधुप गरिरहेकी छिन् । फिल्म ‘नाई नभन्नु ल ४ र शत्रु गते’ चलेपनि आँचलका लागि खासै फाइदा भएन ।…
इनरुवा, २१ भदौ नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गरिएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, १ नम्बर प्रदेशका महामन्त्री उमेश थापा, प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सङ्घीय सांसद मीना सुब्बाको नाम पनि सिफारिस भएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिनुभयो । सोही क्षेत्रबाट प्रतिनिधिसभा समानुपातिकमा उमेश थापा, विनोद राई, गणेश परियार, अञ्जना राई, सुवास राई,…
चितवन, २१ भदौ लोपोन्मुख चेपाङ ९प्रजा० समुदायले नयाँ वर्ष ९न्वागी० मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी दिँदै उहाँले भन्नुभयो “हामी यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछौँ…
सिन्धुपाल्चोक, २१ भदौ सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क छ । राहदानी लिनेमा महिला पुरुष लगभग बराबरी छन् । जिल्लामा राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जाने मात्र नभएर विदेशमा उच्च शिक्षा अध्ययन र वैदेशिक भ्रमणमा जाने पनि पर्दछ । तर अधिकांश युवा श्रमकै लागि विदेशिने गरेका छन् । वैदेशिक रोजगारीका क्रममा केही वर्ष मलेसिया बसेर आउनुभएका मेलम्ची–७ का कृष्णलाल श्रेष्ठ तरकारीखेती गरिरहनुभएको छ । उहाँले अब विदेश नजाने भन्दै आफ्नो पेशालाई निरन्तरता दिने बताउनुहुन्छ । उहाँले आफूजस्ता युवा तथा कृषकका लागि तिनै तहका सरकारको सहयोग गनुपर्ने उहाँको भनाइ छ ।…
