
Author: khojnepalonline
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे । ‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ,’ उनले भने…
काठमाडौं । एनएमबी बैंकले गट्ठाघर शाखाबाट शुरू भई बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय निकाय र सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता थियो। मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएकाे यस कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई रु ५ लाख र नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ। यसैगरी, उक्त कार्यक्रम सातवटै प्रदेशका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ। हाल एनएमबी बैंक देशभर २०२ शाखा, १८६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।
काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका वडा नं ७ स्थित मुसहर समुदायलाई लक्षित गरी आवश्यक सामाग्री वितरण गरेको छ। विपन्न र पिछडिएका वर्गको सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले समुदायका ५० परिवार र बालबालिकालाई शैक्षिक तथा अत्यावश्यक सामाग्री प्रदान गरेको हो। हरिपुरस्थित एक कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले औपचारिक रूपमा सामाग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंकका प्रतिनिधिहरू तथा नगरपालिकाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैंकले यस किसिमको कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै सामाजिक क्षेत्रमा आफ्नो उत्तरदायित्व पूरा गर्दै आएको जनाएको छ। बिशेषगरी पिछडिएका समुदायका बालबालिकाहरूलाई शिक्षामा पहुँच दिलाउने उद्देश्यले…
काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् । सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार…
काठमाण्डौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षण बुझाउँदै विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो । सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासयी भएकाले सरकारले गम्भीर भएर यस बिषयमा बिचार गर्नुपर्ने महासंघको भनाइ छ ।माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलगायतमाथि समस्या भएको र यात्रुहरुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले…
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । ईच्छुक व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधिमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, बैंक वा वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने बैंकको सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १३ गतेभित्र आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो ट्रेलरमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ । ट्रेलरमा वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको देखाइएको छ । पराई भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदैछ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार,…
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् । उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो । ‘पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुभएको हो । करिब डेढ घण्टाको छलफलमा मूलतः पूर्वराजाले राजावादी समूह एकताबद्ध नभएको विषयमा बढी गुनासो गर्नुभयो’, स्रोतको भनाइ छ । आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध…
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा कर्णालीमै पहिलाे पटक हुन लागेकाे (वास) सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे छ । सिंजा क्षेत्रका तीन स्थानीय तह हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाकाे संयुक्त आयाेजनामा बैशाख ७ गते हुने वास सम्मेलनकाे तयारी पूरा भएकाे हाे हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले जानकारी दिईन् ।सम्मेलन उद्घाटनका प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादव शनिवारनै जुम्ला पुगिसकेका छन्। जुम्ला पुगेका मन्त्री यादवले कर्णाली प्राविधिक शिक्षालय,बृहत्त धाैलिगाड खानेपानी आयाेजनाका निर्माधिन पानी ट्यांकीकाे स्थलगत अनुगमन समेत गरेका छन् । मन्त्री यादवले आईतबार विहान ११ बजे सम्मेलनकाे उद्घाटन गर्ने कार्यतालिका छन् । उद्घाटन पनि दियार गाउँकाे टाेललाई सरसफाई उन्मुख टाेल…
काठमाडौँ । विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाईलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याईएको छ । जससँगै संगठित पाईलटहरु पाईलटको ब्यावसायिकता अभिबृद्धि तथा जनचेतना अभिबृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिबृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् । यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाईलट समिट, स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननिय मन्त्री बद्री प्रसाद पाण्डे ज्युको प्रमुख आथित्यता रहनेछ । जसका लागि टाईटल स्पोनसरको रुपमा स्काईवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको…
