Author: khojnepalonline

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन् । वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् ।…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पहिलोपटक प्रदेश इन्चार्ज तोकेको हो। १) कोशी प्रदेशको इन्चार्ज : सन्तोष परियार २) मधेस प्रदेशको इन्चार्ज : मनीष झा ३) बागमती प्रदेशको इन्चार्ज : लिमा अधिकारी ४) गण्डकी प्रदेशको इन्चार्ज : शिशिर खनाल ५) लुम्बिनी प्रदेशको इन्चार्ज : विपिनकुमार आचार्य ६) कर्णाली प्रदेशको इन्चार्ज : गणेश पराजुली ७) सुदूरपश्चिमको इन्चार्ज : हरि ढकाल

Read More

By Kailah Rawal(siddharth) : धेरै प्रतीक्षित चलचित्र ‘पिताम्बर’ को ट्रेलर सार्वजनिक भइसकेको छ र दर्शकहरूले सामाजिक सञ्जालमा यसको प्रशंसा गर्न थालिसकेका छन्। ट्रेलरको तीव्र ऊर्जा र स्टार कलाकारहरूको दमदार अभिनयले छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल भएको छ। ट्रेलरले दर्शकहरूको उत्सुकता अझै बढाइदिएको छ। कृषा चौलागाईंको निर्देशनमा बनेको यस सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, र सौगात मल्ल जस्ता शक्तिशाली कलाकारहरू छन्, जसले यो सिनेमा एक्शन र ड्रामाले भरिएको रोचक कथा हुने संकेत ट्रेलरमै दिएका छन्। ट्रेलरमा प्रदीप खड्कालाई एक दमदार एक्शन हिरोको रूपमा प्रस्तुत गरिएको छ। उनले यसपटक नयाँ अवतारमा निकै आकर्षक र स्टाइलिश फाइट सिनहरू दिएका छन्। दयाहाङ राईको…

Read More

प्रकाश सपुत र स्वस्तिमा खड्का अभिनीत सिनेमा ‘बसन्त’ ले जातीय विभेदको पुरानै तर जटिल मुद्दामा गहिरो रूपमा प्रकाश पारेको छ। नेपाली सिनेमा सधैं समाजको ऐना जस्तै बन्ने कोशिश गर्छ, र ‘बसन्त’ त्यही कथानकको सशक्त उदाहरण हो। यो केवल चलचित्र होइन, समाजको वास्तविकता देखाउने एउटा झ्याल हो। निर्देशक तथा कलाकार प्रकाश सपुतले बताएका छन् कि ‘बसन्त’ पछिल्लो २० वर्षको नेपाली समाजको प्रतिबिम्ब हो। उनले यो चलचित्र आफ्नै अनुभव र देखेका यथार्थहरूमा आधारित भएर बनाएको बताएका छन्। उनी भन्छन्, ‘राजनीतिक परिवर्तन त भयो, तर समाजको वास्तविकता अझै उस्तै छ। केही दिनअघि मात्रै सिरहामा एक दलितको घर भत्काइएको खबरले मलाई सारी रात निदाउन…

Read More

हरेक वर्ष नेपालबाट हजारौं युवा विदेशिन्छन्। कोही पढ्न जान्छन्, कोही काम खोज्न। तर यो पलायनले नेपालको भविष्यलाई कस्तो असर गर्दैछ? के यो हाम्रो अर्थतन्त्र र समाजको लागि ठूलो चुनौती हो, वा यसलाई अवसरमा परिणत गर्न सकिन्छ? यो प्रश्नको उत्तर खोज्न यहाँ केही तथ्यहरू र सम्भावनाहरू छलफल गरौं। किन जान्छन् युवा?नेपालमा रोजगारीको अभाव, शिक्षा पछि पदोन्नतिको अवसर नहुने, र राजनीतिक अस्थिरताले युवालाई देश छोड्न बाध्य बनाएको छ। काठमाडौंका २२ वर्षीय रमेशले भन्छन्, “मैले BBA गरेको २ वर्ष भयो, तर महिनौंसम्म नोकरी खोज्दा पनि १५ हजारमा पनि ठेगान मिलेन। अब मलेशिया जाने निर्णय गरेँ।” यस्तै, गाउँका युवाहरू पनि कृषि र पशुपालनले पेट…

Read More

काठमाडौं। नेपाल बैंकका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीमाथि ठुलो कर्जा प्रवाहमा कमिसन लिएको आरोप लागेको छ। ठुलो कर्जा प्रवाहमा सेटिङ गरि कमिसन लिएको आरोपमा अख्तियारले अनुसन्धान सुरु गरेको छ उनिमाथि मात्रै हैन उनका सवारी चालक उमेश महर्जनको खातामा अस्वभाविक रुपमा ठुलो रकमको कारोबार देखिएको छ । उनलाई पनि अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ । महर्जनले बयान दिने क्रममा सम्पुर्ण कारोबार आफ्‌नो नभएको बताएका छन् । उनले आफ्‌नो खातामा भएको कारोबार अध्यक्ष अधिकारीको रहेको बयान दिएका छन् । अध्यक्ष अधिकारीले भनेबमोजिम आफुले काम गरेको महर्जनले बताएका छन् । मैले अध्यक्ष सरले भने बमोजिम नै गरेको हो। सबै पैसा सरको भएको…

Read More

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ‘कोड यात्रा’ सुरु भएको छ । जसमा ह्याकाथन प्रतियोगिता र करियर फेस्ट कार्यक्रम राखिएको छ । विद्यार्थीको सिपलाई उजागर गर्ने, विद्यार्थीहरुको आइडियालाई एकअर्कासँग आदान प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययनत विद्यार्थी क्लब हिमालय आईटि, हिमालय इलेक्ट्रोनिक्स एन्ड कम्प्यूटर र हिमालय रोवाेटिक्स क्लवले संयुक्त रुपमा कोड यात्राको आयोजना गरेका हुन् । ह्याकाथनमा काठमाडौं उपत्यकाको विभिन्न इन्जिनियरिङ्ग तथा आईटी ३५ कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ । ती कलेजका विद्यार्थीलाई ३५ टिममा विभाजन गरिएको छ । उक्त कार्यक्रमका लागि आयोजक पक्षले हरेक टिमलाई फरक फरक थिम दिनेछ । सोही…

Read More

प्रदीप खड्का अभिनित चलचित्र एक्टर टेक– १ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ पन ल्याउने विश्वास गरिएको छ । माघ १६ गतेबाट देश तथा विदेशमा एक साथ प्रर्दशनमा आउनै लाग्दा केही अप्ठ्यारा परिस्थितिको सामनासँगै चलचित्र प्रदर्शनमा आएको छ । चलिचत्रको प्रचारमा आक्रमक देखिएको निमार्ण टिमले माघ १४ गते सोमबार साँझमा प्रिमियर गरेको थियो । प्रिमियरबाट राम्रो प्रतिकृया पाएको चलचित्रले अहिले हलमा पनि प्रतिक्रिया राम्रो पाइरहेको छ । प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टारर एक्सन–थ्रिलर फिल्म ‘एक्टर टेक वान’ बहुप्रतिक्षित चलचित्र कस्तो बनेको छ ? यो सबैको चासोको विषय हो । चलचित्र बनिरहन्छन् तर, त्यस चलचित्रले समाजमा र दर्शकमाझ…

Read More

प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ । गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ । यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र…

Read More

पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहित ७ जना आरोपीलाई अदालत लगिएको हो । उनीहरूको थुनछेक देखी जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो । रास्वपा सभापतिलामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन । आज…

Read More