Author: khojnepalonline

कञ्चनपुर — एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।

Read More

पोखरा— पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ । सो क्रममा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । उनले भने–पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको…

Read More

काठमाडौं । नेपालमा समलिङ्गी विवाहलाई मान्यता दिनु सामाजिक, सांस्कृतिक एकतालाई भत्काउने विदेशीको षड्यन्त्र भएको सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंको संवाद डबलीमा ‘नागरिक सरोकार नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले सर्बोच्च अदालत विदेशीको प्रभावमा परेर समलिङ्गी विवाहलाई मान्यता दिएको आरोपसमेत लगाए । बक्ताहरले नवनिर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी सम्बन्धको विरोधी भएको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विवाह गरे मृत्युदण्ड दिँदासमेत नेपालमा किन भन्ने प्रश्न पनि गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा.केबी रोकायाले नेपालमा सर्बोच्च अदालतको एकल इजलासले दिएको अन्तरिम आदेशकै भरमा समलिङ्गी विवाह दर्ता हुनु दूर्भाग्य भएको बताए । रोकायाले देशलालाई दीर्घकालीन् असर पार्ने…

Read More

काठमाडौँ नेपाल पोलिमर इन्स्टिच्युट (NPI), त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत र आई पि डब्लु जर्मनीको आयोजनामा ‘काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (KaSAM)’ को पाँचौं श्रृंखला यहि कार्तिक ६-८ गते सम्म पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौँमा आयोजना भयो । यो सम्मेलनको मुख्य उद्देश्य दक्षिण एशियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका पदार्थ वैज्ञानिकहरू र विश्वभरका वैज्ञानिकहरूबीचको वैज्ञानिक सहकार्यलाई स्थापित र सुदृढ गर्नु रहेको थियो । सम्मेलनमा नयाँ र स्मार्ट पदार्थहरु, हरित र दिगो प्रविधिहरू, चक्रिय अर्थतन्त्र, नानो/बायो-आधारित अति सुक्ष्म पदार्थहरू, टिस्यू इन्जिनियरिङ, कम्प्युटेशन प्राविधिकहरूमा केन्द्रित घनिभूत छलफल भयो । नेपाल…

Read More

काठमाडौं-१२ असोजमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार ८ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको एन्फाको आपतकालीन बैठकले मकवानपुरको सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिकिरहेका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई जनही ८ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने पनि एन्फाको निर्णय छ । एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फाले बालकहरुको…

Read More

माेतिहारी (भारत)-बारागढीबाट झारखण्डको देवघर जल अर्पण गर्न जाने क्रममा बस दुर्घटनामा परेका तीर्थयात्रु भेट्न गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल भारत पुगेका छन् । तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा आईतवार विहान दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका थिए । दुर्घटनाको खबर पाउनासाथ गाउँपालिका अध्यक्ष जयसवाल घाइतेको अवस्था बुझ्न माेतिहारिमा आईपुगेका हुन् । समस्तीपुरबाट रिफर भएर माेतिहारिस्थित डा. राकेश कुमारसँग उपचाररत ३ जनालाई भेटेका हुन् ।यहाँ राजेश्वर साह, सुभाष साह, फेकल मुखियाकाे उपचार भईरहेकाे छ । अध्यक्ष जयसवालले अस्पतालमा पुगेर घाईते तथा कुरुवाकाे खानपिनकाे व्यवस्थापन गरेका छन् । टाेलीमा दयाशंकर राय, कबिन्दर चाैधरी र पत्रकार महेश्वर अधिकारी छन् । यसैबिच दुर्घटनामा…

Read More

बारा–बाराको निजगढ ९ देउरालीपथस्थित समुदायमा आधारित प्रसुति गृह सामुदायिक अस्पतालले शनिवार विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गमलामा जलशेचन गरेर उद्घाटन गरेका थिए । मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल, गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा एमालेका नगर सहसचिव थानेश्वर सापकोटा, माओवादी नगर अध्यक्ष सन्तोष दङ्गालले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै निजगढ नगरपालिका वडा नम्बर…

Read More

बारा–नेपालीहरुको ठुला चाँडबाड मध्ये दशैं अन्तर्गत नवरात्र चौथो दिन हो आज । सदाझैं चाडबाडसँगै सडकदेखि बजारसम्म चहलपहल बढिरहेको छ ।चाँडबाडमा हुन सक्ने अप्रिय घटना पनि हुने गरेका छन् । यस्ता हुनुको मुख्यकारण होस्, कमजोर सुरक्षा प्रवन्ध । चाँडबाडसँगै निजगढ नगरपालिकालाई सुरक्षाको चिन्ताले सताएको छ । जसको कारण आईतबार एकैदिन दुई वटा बैठक बसेको छ । विहान जनप्रतिनिधि र सुरक्षाकर्मी विच बैठक बस्यो भने अप्राहन्न राजनीतिकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र होटल तथा पर्यटन व्यवसायिसँग मेयर सुरथ पुरीले बैठक गरेका छन् । छलफलमा सुरक्षा चुनौती र त्यसको सामाना गर्ने बारेमा सुझाव लिईएको थियो । नजिकिदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई…

Read More

बारा–अखिल नेपाल फुटबल संघ (एन्फा) बाराले बाराको निजगढ ८ स्थित बुद्धचोकमा पहिरोमा ज्यान गुमाएका खेलाडीको स्मृतीमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद कुमार जयसवाल, प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सभा सदस्य मिना लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, अखिल नेपाल फुटबल संघ (एन्फा) मधेस प्रदेशका अध्यक्ष नेपाल कार्की, विभिन्न राजनीतिक दलका नेता, खेल क्षेत्रका अगुवा तथा खेलाडीहरुको सहभागि थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले खेलाडीको निधनले देशले धरोहर गुमायो गुमाएको टिप्पणी गरेका छन् । उनले देशको झण्डा विदेशीभूमीमा फहराउने सपना अब अरु खेलाडीहरुको काँधमा आएको बताएका…

Read More

काठमाडौं । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् । एकातिर हवाई कम्पनिले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महंगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ । हवाई कम्पनिहरुले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद र दशैँको अवसरमा उनीहरुले मौका छोपेर न्युनतम दरक टिकटनै उपलब्ध…

Read More