Author: khojnepalonline
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानबाटै उद्घाेष गरे— ‘मलाई चुनाव लड्नपर्याे भनेर रुकुम, गोरखा, धनुषा, सिराहा, कालिकोटका साथीहरूले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरूलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास व्यापकरूपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरू सबैलाई धन्यवाद भन्दै मचाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’ उसाे त उनलाई उक्त निर्वाचन क्षेत्रमा कति सहज छ ? स्वाभाविकरूपमा आमरूपमा जिज्ञासा उठ्न थालेका छन् । आउनुस् यसबारे केही चर्चा र सम्भावनाका कुरा काेट्याऔँ । उनी २०७४ सालकाे सङ्घीय निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले पुन: त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने…
हेटौँडा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र वामपन्थीमध्येको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनपछि माओवादीले देशको वामपन्थी पार्टीहरुको लिड गर्ने दाबी गरे । प्रेस सेन्ट मकवानपुर समन्वय समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यो पटक माओवादी वर्तमान गठबन्धनबाटै निर्वाचनमा होमिने बताए । एमालेसँगको गठबन्धनबारे अहिलेसम्म औपचारिक कुराकानी नभएको भन्दै उनले निर्वाचन मिति घोषणा भइसकेको सन्र्दभमा नयाँ गठवन्धन बनाउने काम तिर नलाग्ने, वर्तमान गठबन्धनमा नै समावेश भएर निर्वाचन लड्ने उनको भनाई छ । यो गठबन्धन “सिस्टम”…