चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने भएको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको हो। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले भ्रमणको तयारी अघि बढाउने निर्णय गरेको छ।

बैठकमा मधेस प्रदेशका समस्या तथा मधेस अडिटसम्बन्धी सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदनमाथि पनि छलफल भएको छ। प्रतिवेदन अध्ययनपछि आवश्यक आगामी कदम चाल्ने रास्वपाले जनाएको छ।