नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल अन्योलमा परेको छ। दुवै टोलीका कप्तान ५ ओभरको खेल खेल्न तयार भए पनि सुदूरपश्चिम रोयल्सको टोली टसका लागि मैदानमा उपस्थित भएको छैन।

सुदूरपश्चिमका विदेशी खेलाडी खेल्न तयार नभएको बताइएको छ। खेल सुरु गर्ने अन्तिम समय ७:४१ पनि बितिसकेको छ भने विराटनगरका खेलाडी मैदानमै अभ्यास गरिरहेका छन्।

सुदूरपश्चिम मैदानमा नआए खेल रद्द भई विराटनगरले २ अंक पाउन सक्ने सम्भावना छ। यस विषयमा क्यान, म्याच रेफ्री र दुवै टोलीबीच छलफल भइरहेको छ। खेलको अन्तिम निर्णय आउन बाँकी छ।

अब के होला एनपीएलको यो खेल?