राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशसँग जोडिएका विवादबारे संसदीय प्रक्रिया अघि बढाउन आफ्नो संसदीय दललाई निर्देशन दिएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले न्यायालयमा देखिएका विवाद र विकृतिको समाधान संसद्बाट खोज्ने निर्णय गरेको हो।

महाअभियोग प्रस्ताव अघि बढाउने वा छानबिन गर्ने भन्ने विषय भने संसदीय प्रक्रियाबाट टुंगो लाग्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले बताएका छन्।