काठमाडौं । गत महिना २५-२८ नेकपा एमाले निकट विद्यार्थी युनियन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ ।

उमेरहदका कारण अन्य बेला भन्दा यो बेला धेरै नेताहरु उमेरका कारण र प्रतिस्पर्धामै पनि पराजित भएर बिदा भएका छन् । उमेर हद लागेकै कारण प्रतिस्पर्धा पनि रोचक बन्यो ।

यसैबीच मधेश प्रदेश भूगोलकी कायरा पोखरेल ‘रेणू’ पनि चुनावी मैदानमा उत्रिएकि थिइन् । सहमति नजुटे पछि मधेश प्रदेश भूगोलबाट महिला सचिवालय सदस्यको उम्मेदवार बनेकी उनले मधेशबाटै जम्मा १० भोट ल्याइन्, जुन मत सबैभन्दा कम हो । प्रदेशका दुई भोटिङ मेसिन मध्ये पोखरेललाई एकमा ७ र अर्कोमा ३ मत आएको थियो । मधेशबाट जम्मा ८३ मत खसेको थियो ।

आफ्नै भूगोलबाट सबैभन्दा कम भोट पाएकी उनले अन्तत सचिवालय सदस्यमा निर्वाचित भइन् । उनले मधेशबाटै असहयोग हुँदाहुँदै सचिवालय सदस्य निर्वाचित भइन् ।