काठमाडौँ । प्रदर्शनको समयमा विवादमा फसेको चलचित्र ‘पाँच पाण्डव’ ले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेको छैन । चलचित्र विकास बोर्डले आइतबार (६ असोज) राति ११ः ५९ बजेसम्मको व्यवसायलाई समेटेर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले यस्तो देखाएको हो ।
सार्वजनिक रिपोर्टअनुसार फिल्मले हालसम्म ४५ लाख २२ हजार ३८८ रुपैयाँ व्यवसाय गरेको छ । उक्त अवधिसम्म यो फिल्म १२ हजार ८९० जना दर्शकले हेरेका छन् ।
तिहारको अवसर पारेर एकल प्रदर्शनमा आएको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको मुख्य भूमिका छ ।
फिल्मको गीतमा द्रौपदी र युधिष्ठिरलाई क्यासिनोमा देखाइएको भन्दै विवादित बनेको थियो ।