प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) फेसबुकमा सर्वाधिक फलोअर्स हुने नेपाली व्यक्तित्व बनेको दाबी गरिएको छ। उनले यसअघि शीर्ष स्थानमा रहेकी कन्टेन्ट क्रिएटर सान्वी भगतलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको बताइएको छ।
बालेनको आधिकारिक फेसबुक पेजमा फलोअर्स संख्या ५२ लाख नाघेको छ। सामाजिक सञ्जालमा उनको लोकप्रियता र समर्थकहरूको सक्रियता पनि बढ्दो देखिएको छ।