प्रधानमन्त्री बालेन शाहले सरकारी कामकाज छिटो र प्रभावकारी बनाउन मन्त्री तथा सचिवहरूलाई समेत कडा समयसीमा लागू गर्ने नयाँ नियम ल्याएका छन्।
नयाँ व्यवस्थाअनुसार दिउँसो २ बजेअघि मन्त्री वा सचिवको टेबलमा पुगेका फाइलमा सोही दिन निर्णय गर्नुपर्नेछ। २ बजेपछि पुगेका फाइलमा भने भोलिपल्टसम्म अनिवार्य निर्णय दिनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, नीतिगत निर्णयका फाइल अनावश्यक रूपमा तीन तहभन्दा बढी घुमाउन नपाइने र अन्य अधिकारीको राय आवश्यक परे सोही दिन बैठक बसेर निर्णय गर्नुपर्ने उल्लेख छ।
यस व्यवस्थाले सरकारी कार्यालयमा फाइल थन्किने र निर्णय प्रक्रियामा हुने ढिलासुस्ती घटाउने अपेक्षा गरिएको छ।