अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि थप अनुसन्धान अघि नबढ्ने देखिएको छ।
समितिका एक सदस्यका अनुसार सम्बन्धित महिलाले आफ्नो निजी विषयमा थप कुरा नगर्न आग्रह गरेपछि छानबिन प्रक्रिया अघि बढाउन कठिन भएको हो।
ती सदस्यले पीडितबाट औपचारिक उजुरी नआएको र व्यक्तिको गोपनीयताको हकसमेत सुनिश्चित गर्नुपर्ने भएकाले कानुनी सीमाभित्र रहेर मात्र अनुसन्धान गर्न सकिने बताएका छन्।